२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप छनोट

दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई हरायो

images

  • २०८० असार १७, आइतबार
  • 1.1K
    SHARES
  • दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई हरायो

    काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ। जिम्बाब्बेको हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४६.५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो।

    युएईका लागि कप्तान वृत्य अरबिन्दले ७५ बलमा ४४ रन,मुस्ताफा ५६ बलमा ३५ रन,हमिदले ३५ बलमा २९ रन बनाएका थिए। संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाएका थिए। 
    बलिङमा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ तथा प्रतिस जि.सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए। 

    युएईले  दिएको १८२ रनको लक्ष्य नेपालले ४० बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ८५ बलमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। आठौं विकेटका लागि दीपेन्द्रले सन्दीप लामिछानेसँग मिलेर ९० बलमा ७९ रनको विजयी साझेदारी गरेका थिए। सन्दीपले ३७ बलमा अविजित २३ रन बनाएका थिए। 


    बलिङमा युएईका लागि मुहम्मद जवादुल्लाहले ३ तथा रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरले समान १/१ विकेट लिएका थिए। 


    जितसँगै नेपालले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

    पराजित युएईले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ