२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

छात्रवृत्ति वितरणका लागि छनोट परीक्षा महानगर आफैँले लिने

images

सत्कार खबर
  • २०८० असार १८, सोमबार
  • 1.5K
    SHARES
  • छात्रवृत्ति वितरणका लागि छनोट परीक्षा महानगर आफैँले लिने

     काठमाडौं: काठमाडौं महानगरपालिकाले निजी विद्यालयले कक्षा–११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थीहरूको छनोटसम्बन्धी परीक्षा आफैँले गर्ने भएको छ।

    महानगरपालिकाका प्रमुख बालेन शाहले  महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम उक्त व्यवस्था गर्न लागेको बताउनु भएको हो । 

    उहाँले काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०र०८१ देखि काठमाडौं महानगरपालिकाले आफै नै सञ्चालन गर्ने बताउनु भयो । 

    मेयर शाहले  परीक्षा सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहनदार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी,गरिब लगायतका छनोटका आधार तयार गरी योग्यता क्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने पनि जानकारी दिनु भयो । 

     

    358032300_587873353520221_384981585285131030_n.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ