२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिंगापुरलाई हराउदै नेपाल फाइनलमा

images

  • २०८० असार १८, सोमबार
  • 986
    SHARES
  • सिंगापुरलाई हराउदै नेपाल फाइनलमा

     काठमाडौं :नेपाल मलेसियामा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।  बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

    जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याटर नेपाली बलर सामु निरीह भए । सिंगापुर ३१।३ ओभरमा ८७ रनमा अलआउट भयो ।  नेपालका कात्तिक कामतले ३ विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

    कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए । सिंगापुरका हरिहरणले ३ विकेट लिए । जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ । अर्को सेमिफाइनलका विजेता मलेसियासँग नेपालले उपाधीका लागि खेल्नेछ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ