२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाललाई उपाधि

images

  • २०८० असार १९, मंगलबार
  • 1.2K
    SHARES
  • मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाललाई उपाधि

    काठमाडौं : नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने यू–१६ स्तरको प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ। मंगलबार घरेलु टिम मलेसियामाथि २२१ रनको सानदार जित निकाल्दै नेपाल एसिसी यू–१६ इस्ट जोन कप च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्न सफल भयो।

    यसअघि एसिसीको आयोजनामा हुने गरेको यू–१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो। नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ रन र ‍२०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो। 

    मंगलबार मलेसियाको बायुमास ओभलमा भएको उपाधि भिडन्तमा नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको घरेलु टिम मलेसिया १४।५ ओभरमा ३१ रनमै अलआउट भयो। मलेसियाका लागि मोहमद अक्रमले सबैभन्दा बढी १० रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

    मलेसियाको ब्याटरमाथि हाबी हुने क्रममा नेपालका कप्तान अभिषेक तिवारीले ५ विकेट लिए। उनले ६ ओभरमा १ मेडन राख्दा ७ रन मात्र दिए। सन्तोष यादवले ३ विकेट लिए। उनले ३ ओभरमा २ मेडन राख्दा ९ रन दिए थिए । अशोक धामी र सागर गैरेले १–१ विकेट लिन सफल भए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो।नेपालका लागि नरेश भट्टले शतक प्रहार गर्न सफल भए। उनले नटआउट ११२ रन जोड्ने क्रममा ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे।

    त्यसअघि ओपनरद्वय सूर्यान्सु कोइराला १८ रन र निरजकुमार यादव ४७ रन जोडेर आउट भए। दीपु कुमार ५ रन र प्रतिक भट्टराई १ रनमा रनआउटको सिकार भए। यस्तै सन्तोष यादवले २६ रनको योगदान गर्दा कप्तान अभिषेक तिवारी ४ रन र अशोक धामी ११ रनमा आउट भएका थिए । बलिङमा मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ