काठमाडौं : सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मुल्य तोलामा १ लाख १० हजार ४ सय रुपैयाँ तोकिएको जनाएको छ। सोमबार सुनको मुल्य १ लाख १० हजार रुपैयाँ थियो। सोमबार तेजावी सुनको भाउ १ लाख ९ हजार ५ सय रुपैयाँ थियो भने आज तेजावी सुनको भाउ १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३ सय ७५ किनबेच भइरहेको छ।



