२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

नेप्से दोहोरो अंकले वृद्धि

images

  • २०८० असार १९, मंगलबार
  • 1.5K
    SHARES
  • नेप्से दोहोरो अंकले वृद्धि

    काठमाडौँ  : साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्सेमा दोहोरो अंकले बढेको  छ। नेप्से बढे पनि आज कारोबार रकम पनि घटेको छ।

    नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा पुगेको छ। नेप्सेमा कूल २८२ कम्पनीको  ६४ लाख ५० हजार ९३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आज नेप्सेमा १४५ कम्पनीको सेयरमूल्य  बढेको छ भने ७२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ।

    आज सिवाईसी नेपाल लघुवित्त, बिपीडव्लु लघुवित्त सिटी होटलको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने, बिपीडव्लु लघुवित्त कम्पनीका लगानीकर्ताले अत्याधिक गुमाएका छन्। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै परिसूचक बढेको छ।

    आज नेप्सेमा नागरिक लगानी कोषको सर्वाधिक १२ करोड १६ लाखको कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको ११ करोड ३८ लाख र हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३्३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै परिसूचक बढेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ