२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चालु आर्थिक वर्षकाे राजस्व संकलन गर्ने लक्ष्य आधारहीन : स्वर्णिम वाग्ले

images

  • २०८० असार १९, मंगलबार
  • 1.1K
    SHARES
  • चालु आर्थिक वर्षकाे राजस्व संकलन गर्ने लक्ष्य आधारहीन : स्वर्णिम वाग्ले

     काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य आधारहीन देखिएको बताउनुभएको छ ।

    मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन देखिएको बताउनुभएको हो ।

    उहाँले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व सङ्कलन प्रक्षेपण गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सरकारले असार १८ गतेसम्म राजस्व आठ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले नौ खर्ब रुपैयाँ राजस्व उठेको भन्दै गलत तथ्याङ्क दिएको बताउनुभयो ।

    सांसद वाग्लेले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि चार अर्ब ८० करोड रुपैयाँमात्रै उठेको बताउनुभयो । उहाँले सरकारको लक्ष्य ५५ अर्बबाट एक महिनाअघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा पाँच अर्ब रुपैयाँ उठ्न सक्ने दाबी गर्नुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ