२२ असार काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ र बिक्री दर ८८ रुपैयाँ ४० पैसा रहेको छ।
त्यस्तै,क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १७ पैसा र बिक्री दर ९९ रुपैयाँ ६२ पैसा रहेको छ यसैगरी,जापानिज १० येनको खरिद दर ९ रुपैयाँ १६ पैसा र बिक्री दर ९ रुपैयाँ २० पैसा रहेको छ।
त्यसैगरी,कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ११ पैसा र बिक्री दर ३५ रुपैयाँ २७ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकिको विदेशी मुद्राको विनिमय दर यस प्रकारका छन्।



