२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विश्वकप छनोट खेलेर क्रिकेट टोली स्वदेश फिर्ता

images

  • २०८० असार २२, शुक्रबार
  • 2.0K
    SHARES
  • विश्वकप छनोट खेलेर क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौं : जिम्बाब्वेमा भएको आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। शुक्रबार स्वेदश फर्किएको राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले स्वागत गरेका थिए।

    प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाब्वे, वेस्ट इन्डिज र नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो। प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्गयाएको थियो।

    स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआएपनि धेरै अनुभव प्राप्त भएको बताए। उनले अहिलको अनुभवलाई आगामी प्रतियोगीतामा प्रयोग गर्ने उल्लेख गरे। टेष्ट राष्ट्रहरुसँग खेल्दा निकै उत्साहित भएको र नेपाली टोलीले निकै राम्रो खेलेको उनले बताए।

    त्यस्तै, राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन राम्रो देखिएको बताए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ