काठमाडौं : नेपालको जमन सिङ गुरुङले १५ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एक स्वर्ण र एक कास्य जित्नु भएको छ।
मर्स्याङ्दी गा.पा. ताघ्रीङ शिलढुङा लमजुङ घर भएका गुरुङले स्वर्ण पदक जित्न सफल हुनु भएको हो। उहाँ रोजगारिको शिलशिलामा दक्षिण कोरियामा हुनुहुन्छ। प्रतियोगितामा दक्षिण कोरिया, नेपाल, कजाकिस्तान, उब्जेकिस्तान, फिलिपिन्स, मलेसिया लगायत ११ देशका ३०० भन्दा धेरै खेलाडिहरुको सहभागीता थियो।
गुरुङ जिल्ला कराते महासंघ,लमजुङको सल्लाहकार समेत रहनु भएको छ। गुरुङले जिल्लामा कराते खेलको बिकासको लागि पटक–पटक सहयोग गर्दै आइरहनु भएको छ।



