२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न केन्द्रीत हुनुपर्छ: गगन थापा

images

  • २०८० असार २२, शुक्रबार
  • 1.6K
    SHARES
  • सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न केन्द्रीत हुनुपर्छ: गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न केन्द्रीत हुनुपर्ने  बताउनु भएको छ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो। भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा सरकारले गरेको निर्णयमा शत प्रतिशत समर्थन रहेपनि नागरिकको अन्य अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्ने उहाँको भनाई छ।

    सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन रहेपनि डेलिभरको सन्दर्भमा अहिले पनि आक्रोश रहेको उहाँले बताउनु भयो। उहाँले आर्थिक संकटताको अवस्थामा सरकारले चुस्तताका साथ काम गर्न नसकेको धारणा राख्नु भयो। थापाले बालुवाटारमा बसेर सांसदलाई टाउको गन्दै ठिकठाक भनेपनि वास्तविक रुपमा त्यो ठिकठाक नहुन पनि सक्ने  बताउँदै उहाँले जनताको अपेक्षा अनुसार काम गर्न सरकारको ध्यानाकर्षण पनि  गराउनु भयो। 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ