२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुन सञ्चालन

images

  • २०८० असार २४, आइतबार
  • 1.8K
    SHARES
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुन  सञ्चालन

    २४ असार, काठमाडौं : पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ।

    आज बिहान तीन नम्बर पुलमा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। ३ एक्साभेटर र जेसिभी प्रयोग गरी पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको थियो। अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरीले जानकारी दिनुभयो। 


    यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ