२४ असार, काठमाडौं : डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन्।
डोटीको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा ११ जना बिरामी भएका हुन्। बिरामी भएका ११ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार अहिले उनीहरूको अवस्था मध्यम छ।



