२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

युरोपबाट ४० हजार नेपाली कामदारको माग

images

  • २०८० असार २४, आइतबार
  • 2.4K
    SHARES
  • युरोपबाट ४० हजार नेपाली कामदारको माग

    २४ असार, काठमाडौं : युरोपका विभिन्न मुलुकबाट ४० हजार नेपाली कामदारको माग छ। रोमानिया, पोर्चुगल, माल्टा, पोल्यान्ड लगायतका देशबाट ४० हजार नेपाली कामदारको माग आएको हो। तर, दूतावासले माग प्रमाणीकरण नगरिदिँदा ती मागहरू लामो समयदेखि थन्किएर बसेका छन्।

    नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले ४० को डिमान्ड दूतावासबाट प्रमाणीकरण नहुँदा एप्रुभ हुन नसकेको बताउनु भयो।  जसले गर्दा संस्थागत तबरबाट युरोप जान चाहने नेपाली श्रमिक जान नपाएको  उहाँको भनाई छ। 

    युरोपका अधिकांश देशमा नेपाली दूतावास छैनन्। एउटै दूतावासले ७/८ देश हेर्नुपर्ने बाध्यता छ। जसले गर्दा उनीहरूले माग प्रमाणीकरणबारे हेर्न नसकिएको दूतावासका अधिकारीहरू बताउँछन्।

    पछिल्लो समय नेपालीहरूको रोजाई युरोप छ। युरोपका विभिन्न देशहरूमा लाखौं तिरेर दलाल मार्फत जाने गरेका छन्। जसले गर्दा ठगीका घटना समेत बढ्दो क्रममा देखिएको छ।


    वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले दलाल मार्फत युरोप लगायतका विभिन्न देशमा जान खोज्दा ठगीका घटना बढ्दो क्रममा रहेको बताउनु भयो। युरोपमा संस्थागत मार्फत कामदार पठाउन सकिएको खण्डमा ठगीका घटना कम हुने उहाँको भनाइ छ। 

    दूतावासको कार्य व्यस्तताका कारण माग प्रमाणीकरण नहुँदा यसको विकल्प अघि सारिएको छ। तर, त्यो निर्देशिका संशोधनसहित रायका लागि परराष्ट्र मन्त्रालयमा पठाएको महिनौँ भयो । मन्त्रालयबाट राय सुझाव आउन सकेको छैन।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ