२४ असार, काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीन शीर्ष नेताहरूबीच सदनको अवरोध हटाउनेबारे सहमति जुटाउन छलफल भइरहेको हो।
आफूलाई प्रधानमन्त्री बनाउन दिल्लामा दौडधुप चलेको अभिव्यक्ति दाहालले दिएपछि एमालेले उनको राजीनामा मागेर सदनमा अवरोध गरिरहेको छ। एमालेको अवरोधका कारण सदनको कारबाही अघि बढ्न सकेको छैन।



