२५ असार, काठमाडौं : सुनचाँदी दुवैको भाउ आज सोमबार स्थीर भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मुल्य तोलामा १ लाख ११ हजार ३ सय रुपैयाँ तोकिएको जनाएको छ। आइतबार पनि छापावाला सुन सोही भाउमा मुल्य १ लाख ११ हजार ३ सय रुपैयाँ थियो। आइतबार तेजावी सुनको भाउ १ लाख १० हजार ७५० रुपैयाँ थियो भने आज पनि सोही भाउमा कारोबार भइरहेको छ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थीर भएको छ। आइतबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा किनबेच भइरहेको छ।



