२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

समाजवादको बाटो प्रधानमन्त्रीको नेतृत्वमा शुरु भइसक्यो : मन्त्री किराँती

images

  • २०८० असार २५, सोमबार
  • 1.2K
    SHARES
  • समाजवादको बाटो प्रधानमन्त्रीको नेतृत्वमा शुरु भइसक्यो : मन्त्री किराँती

    असार २५, काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले  भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा शुरु भइसकेको बताउनुभयो।

    सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउनुभएको छ।

    उहाँले नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्नेकुराको अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो।

    उहाँले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने बताउनु भयो। नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने बताउनुभयो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ