२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बैतडी बस दुर्घटना : ३९ जना घाइते,अघिकांशको अवस्था गम्भीर

images

  • २०८० असार २५, सोमबार
  • 1.3K
    SHARES
  • बैतडी बस दुर्घटना : ३९ जना घाइते,अघिकांशको अवस्था गम्भीर

    असार २५, काठमाडौं : बैतडीको मेलौलीमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परी ३९ जना घाइते भएका छन्। सोमबार पञ्चेश्वरबाट महेन्द्रनगर जादैं लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो।

    बसमा ४० जना यात्रु सवार रहेका र तीमध्ये ३९ जना घाइते भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। उहाँले घाइतेको उद्धार गरिएको छ, घाइतेमध्ये अधिकांश अवस्था गम्भीर रहेको जानकारी दिनुभयो।

    घाइतेहरुको उद्धार गरि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। सडकबाट ४०० मिटर तल खसेर रुखमा अड्किएको बस दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ