२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुलुकभर वर्षाकाे भारी संभावना

images

  • २०८० असार २६, मंगलबार
  • 1.2K
    SHARES
  • मुलुकभर वर्षाकाे भारी संभावना

    असार २६, काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। आज ५ वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १/२ स्थानमा हल्का वर्षा भइरहेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ। लुम्बिनी र मधेश प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ