२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

images

  • २०८० असार २६, मंगलबार
  • 1.1K
    SHARES
  • सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

    असार २६, काठमाडौं :नेपाली बजारमा सुनचाँदीको भाउ ३ दिनदेखि लगातार स्थिर छ। गएको आइतबारदेखि सुनचाँदी एउटै भाउमा कारोबार भएको हो।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको भाउ तोलामा १ लाख ११ हजार ३ सय रुपैयाँ तोकिएको जनाएको छ।आइतबार र सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ पनि स्थिर रही १ लाख १० हजार ७५० रुपैयाँ कारोबार भएको छ।

    यस्तै, चाँदीको मूल्य समेत ३ दिनदेखि लगातार स्थिर छ। चाँदीको भाउ पनि प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ