२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विराटनगरमा साइकल चालकलाई मुक्का हान्ने १ जना पक्राउ, २ जना फरार

images

  • २०८० असार २६, मंगलबार
  • 771
    SHARES
  • विराटनगरमा साइकल चालकलाई मुक्का हान्ने  १ जना पक्राउ, २ जना फरार

    असार २६, काठमाडौं : विराटनगरमा साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गएको बुधवार विराटनगरको दुधफारम नजिकै साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो।

    कुटपिटमा संलग्न कुशल भेटुवाल र रोशन कार्की भने फरार छन्  बा १५ च ३४४५ नम्बरको कारमा आएका उनीहरूले विपरीत दिशाबाट गुडिरहेको साइकलका चालक साहलाई मुक्का प्रहार गरी लडाएर सडकबाट घिसारेर किनारमा छाडेर हिँडेका थिए। पक्राउ परेका भेटुवाललाई प्रहरीले ज्यान मार्ने कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ