२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मनाङ एयर दुर्घटनाका शव लिन गएका हेलिकोप्टर खराब मौसमका कारण बाटोमै अवतरण

images

  • २०८० असार २६, मंगलबार
  • 676
    SHARES
  • मनाङ एयर दुर्घटनाका शव लिन गएका हेलिकोप्टर खराब मौसमका कारण बाटोमै अवतरण

    असार २६,काठमाडौं : मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेकाहरुको शव दुर्घटनास्थलबाट काठमाडौँ ल्याउने भनिए पनि खराब मौसमका कारण सम्भव हुन सकेको छैन।

    दुर्घटनामा परेकाहरुको शव लिन गएका दुई हेलिकोप्टर अझै घटनास्थल पुग्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। सोलुखुम्बुको लामजुरामा मंगलबार बिहान दुर्घटनामा परेको  हेलिकोप्टरमा पाइलटसहित ६ जना थिए। दुर्घटनामा ज्यान गुमाएका ५ मेक्सिकन नागरिक र एक पाइलटको शव काठमाडौँ ल्याउन अल्टिच्यूड एयरका दुई हेलिकोप्टर घटनास्थल लिखुपिके गाउँपालिकाको लामजुरातर्फ गएका थिए।

    तर, दुर्घटनास्थलको खराब मौसमका कारण अल्टिच्यूड एयरका हेलिकोप्टर सोलुखुम्बुकै भकञ्जेमा अवतरण गरिएका छन्। त्यहाँसम्म गाडीमा ल्याएर शव काठमाडौँ ल्याउने तयारी गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ।

    सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान सवा दश बजेदेखि सम्पर्कविहीन भएको थियो। खराब मौसमका कारण उक्त हेलिकोप्टर सोलुखुम्बुकै लामजुरामा दुर्घटनामा परेको पुष्टि भएको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ