२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइयो

images

  • २०८० असार २६, मंगलबार
  • 806
    SHARES
  • हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइयो

    असार २६,काठमाडौं : मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ। मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको हो।

    शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिनु भएको थियो।

    काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो। सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ