असार २७, काठमाडौं : सुनको मुल्य आज बुधबार तोलामा ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मुल्य तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ तोकिएको जनाएको छ। मंगलबार छापावाला सुनको मुल्य १ लाख ११ हजार ३ सय रुपैयाँ थियो। हिजो मंगलबार तेजावी सुनको भाउ १ लाख १० हजार ७ सय ५० रुपैयाँ थियो भने आज तेजावी सुनको भाउ १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४ सय किनबेच भइरहेको छ।