२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

श्रद्धाञ्जलीका लागि सीताको पार्थिव शरीर पेरिसडाँडामा

images

  • २०८० असार २७, बुधबार
  • 1.2K
    SHARES
  • श्रद्धाञ्जलीका लागि सीताको पार्थिव शरीर पेरिसडाँडामा

       असार २७,काठमाडौं :प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

    नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पुगेका छन् ।छोरीहरु रेणु, गंगा, बुहारी विनालगायत भावविह्वल देखिन्छन् ।

    उनीहरु बेलाबेला भक्कानिँदै र आफैं सम्हालिदै गरेको देखिन्छ । आजै आर्यघाटमा अन्त्येष्टि गर्ने माओवादी केन्द्रले जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ