२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त

images

  • २०८० असार २७, बुधबार
  • 581
    SHARES
  • सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त

     काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त  गर्नु भएको छ ।

    प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त  गर्नु भएको हो ।  उहाँले भन्नु भएको छ ।  ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

    प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । पशुपति आर्यघाटमा आजै अन्तिम दाहसंकार गरिने छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ