२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अदालतको आदेश,फैसलाप्रति पूर्ण सम्मान छ : बालेन्द्र शाह

images

सत्कार खबर
  • २०८० असार २७, बुधबार
  • 651
    SHARES
  • अदालतको आदेश,फैसलाप्रति पूर्ण सम्मान छ : बालेन्द्र शाह

     काठमाडौं:महानगरपालिका मेयर बालेन्द्र शाहले अदालतको आदेश,फैसला तथा न्याय सम्पादनको कार्यप्रति आफ्नो पूर्णसम्मान रहेको बताउनु भएको छ ।

    अधिवक्ता वर्षाकुमार झाले दायर गरेको अदालतको अवहेलना मुद्दामा  लिखित जवाफ पेश गर्दै मेयर शाहले  काठमाडौं महानगरपालिकाको प्रमुखको हैसियतमा अदालतको आदेश,फैसला तथा न्याय सम्पादनको कार्यप्रति  पूर्णसम्मान रहेको बताउनु भएको हो ।  

    मेयर शाहले राजनीतिक दृष्टिकोणसहित व्यापक अर्थ वा सन्दर्भमा अभिव्यक्त विचारलाई अप्रमाणित रुपमा अदालतको अवहेलनाको विषय बनाइन नहुने उल्लेख गर्नु भएको छ ।

     मेरो विचार,अभिव्यक्तिबाट सर्वोच्च,उच्च वा जिल्ला अदालतमध्ये कुन चाहि अदालतको न्याय सम्पादनको कार्यमा अवरोध  पुग्यो वा कुन चाहि आदेश वा फैसलाको अवज्ञा भयो भन्ने सम्बन्धमा वस्तुनिष्ठ, यकिन वा औचित्ययुक्त  व्यहोरा खुलाउन सक्नु भएको छैन । अपुष्ठ एवं औचित्यहिन निवेदन प्रथम दृष्टिबाटै खारेज भागी छ, मेयर शाहले पेश गरेको लिखित जवाफमा भनिएको छ ।,राजनैतिक दृष्टिकोणसहित व्यापक अर्थ वा सन्दर्भमा अभिव्यक्त विचारलाई अप्रमाणितरुपमा अदालतको अवहेलनाको विषय बनाइनु हुँदैन भन्ने मेरो मान्यता रहि आएको छ ।

    शाहले   गत असार ७ गते उच्च अदालत पाटनबाट भएको हिन्दी फिल्म चल्न दिने  सन्दर्भमा भएको आदेश नमान्ने अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् दिनु भएको थियो । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता झाले  दुई साता अघि  सर्वोच्चमा रिट दायर गरेकी  थिइन् ।

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ