२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

images

  • २०८० असार २७, बुधबार
  • 691
    SHARES
  • जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

    असार,२७ काठमाडौं : जातीय विभेदका कारण हुने हिंसाजन्य घटना शृङ्खलाबद्ध रूपमा बढ्दै गएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

    जात व्यवस्था उन्मुलन मोर्चा, नेपालले जातीय विभेदका कारण घटेका शृङ्खलाबद्ध घटनाविरुद्ध बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो। जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदविरुद्ध मोर्चाले खबरदारी गरेको हो।

    प्रदर्शनमा सहभागीहरूले ,लडौँ जात व्यवस्थाविरुद्धको फाइनल म्याच, अपराधीलाई कारबाही गरु, मलाई विभेद स्वीकार्य छैन, षड्यन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावादु लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ