२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार: नेप्से सूचक २५ अंकले बढ्यो

images

  • २०८० असार २७, बुधबार
  • 1.4K
    SHARES
  • सेयर बजार: नेप्से सूचक २५ अंकले बढ्यो

     काठमाडौं:बुधबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचकमा बुधबार एकै दिन २५.३१ अंकले बढ्दै २ हजार ९७.५५ अंकको विन्दुमा  पुगेको हो । 

    आज कारोबार रकम समेत बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । 

    आज फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक ४.४१ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् । फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक भने आज क्रमशः १.९५ प्रतिशत र ०.८७ प्रतिशतले घट्न पुगेको छ ।

    आज शिभम् श्री हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने दर्जन भन्दा बढी कम्पनी सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ । यता रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्न पुगेको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ