२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ

images

  • २०८० असार २७, बुधबार
  • 741
    SHARES
  • प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ

      असार २७, काठमाडौं :सुर्खेतको वीरेन्द्रनगरमा प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

    वीरेन्द्रनगर नगरपालिका–७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई  प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासि हातपात तथा कुटपिट गरे पश्चात उक्त मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ