२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनसरी, मोरङ र सप्तरीमा अति ठूलो वर्षा, बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

images

  • २०८० असार २९, शुक्रबार
  • 1.4K
    SHARES
  • सुनसरी, मोरङ र सप्तरीमा अति ठूलो वर्षा, बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

    असार २९, काठमाडौं : सुनसरी, मोरङ र सप्तरीमा अति ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको अनुसार पछिल्लो ३ घण्टामा मात्रै यी जिल्लामा १०० मिलिलिटरभन्दा धेरै पानी परेको छ।त्यसैले आज बिहान ११ बजे सम्म अतिउच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम जारी रहँदा मुलुकका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको सूचना अनुसार सुनसरी र मोरङमा भारी वर्षा भएको छ।

    सप्तरीमा पछिल्लो ३ घन्टामा १०८.४ मिलिमिटर  र २५ घन्टामा १२३.६ मिलिमिटर वर्षा मापन भएको छ। मोरङमा पछिल्लो ३ घन्टामा ११५.८ मिलिमिटर र २४ घन्टामा १५७.२ मिलिमिटर वर्षा  मापन भएको छ भने सुनसरीमा पछिल्लो ३ घन्टामा ९७.८ मिलिमिटर र चौबिस घन्टामा १२८ मिलिमिटर वर्षा मापन भएको छ।

    त्यहाँका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम छ। आज सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    weather morang .png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ