२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चितवनको दासढुंगामा बस दुर्घटना

images

  • २०८० असार २९, शुक्रबार
  • 1.2K
    SHARES
  • चितवनको दासढुंगामा बस दुर्घटना

    असार २९, काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत आज बिहान ५:२० बजे बस दुर्घटना भएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नं २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ।

    काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार चालक सहित ४० जनामध्ये १९ जना घाइते भएका हुन्। घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा ल्याइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ