असार २९, काठमाडौं : लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएर आज असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार शुरु गरेका छन्। यी दुई बैंक समान हैसियत अर्थात् ११ को स्वापमा मर्ज हुन भएका हुन्।
हाल लक्ष्मी बैंकको चुक्तापूँजी रू ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सन्राइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी छ। दुईं बैंक एक भएपछि चुक्तापूँजी २१ अर्ब ६६ करोड, रिजर्भ १४ अर्ब ११ करोड, निक्षेप् २ खर्ब ८७ अर्ब, ऋण २ खर्ब ५९ अर्ब, शाखा २८४, एटिएम ३४१ तथा कर्मचारी संख्या ३१७० कायम भएको छ।
यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। दुबै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो भने नेपाल धितोपत्र बोर्डले समेत असार २५ गते पूर्व स्वीकृति प्रदान गरिसकेको छ।



