२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य सामान्य बढ्यो,चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

images

सत्कार खबर
  • २०८० असार २९, शुक्रबार
  • 781
    SHARES
  • सुनको मूल्य सामान्य बढ्यो,चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

    असार २९,काठमाडौं:शुक्रबार सुनको मूल्य भने सामान्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ। गत जेठ २८ गते बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको हो।

    यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि गत जेठ २८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ