२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मानवअधिकारको जग नै कमजोर छ :अध्यक्ष ओली

images

  • २०८० असार २९, शुक्रबार
  • 666
    SHARES
  • मानवअधिकारको जग नै कमजोर छ :अध्यक्ष ओली

     असार २९,काठमाडौं:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले पनि भोकमरीको अवस्था रहेको बताउनु भयो ।  शुक्रबार मानवअधिकार एलाइन्सले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताउनु भएको हो । 

    मानवअधिकारका निम्ति अझै प्रयास गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।  हामी सबैले सरकारलाई भन्नुपर्नेछ– निरपेक्ष गरिबिको रेखामुनि अहिलेपनि ठुलो प्रतिशत जनसंख्या छ’, अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिले पनि देशमा भोकमरी छ । खान नपाएर भोकै मर्ने स्थिति छ यो राज्यले स्वीकार गरेको पनि छ ।’ उहाँले मानव भएर बाच्न पाउने आधारभूत अधिकार नै प्राप्त हुननसकेको भन्दै मानवअधिकारको जग नै कमजोर रहेको बताउनु भयो ।

    ‘जीवन सुरक्षित जिउने कुरामा सम्मानित भएर बाँच्न पाउने अधिकारका लागि हामीले कम्प्रिहेन्सिप डेमोक्रेसी भनेका हौ’, ओलीको भनाइ छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ