असार ३०,काठमाडौं:उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताउनु भएको छ ।
चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उहाँले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी काम गरिरहेको छ ।’
कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उहाँले बताउनु भयो । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उहाँले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताउनु भएको हो ।
मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको र अहिले संसद पनि खुलिसकेको बताउँदै सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने उहाँको भनाई छ ।



