२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

images

  • २०८० असार ३१, आइतबार
  • 636
    SHARES
  • महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

     असार ३१,काठमाडौं :नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज  हुने भएको छ । 
    खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

    यसअघि भएको पहिलो खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै हार टारेको थियो ।

    गत वर्ष काठमाडौं साफ च्याम्पियनसिपको फाइनल पछि नेपाल र बंगलादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बंगलादेशसँग फाइनलमा ३-१ ले पराजित भएको थियो ।

    त्यसको बदला लिने लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा सफल हुन सकेन । अब दोस्रो खेलमा नेपाल सामु जित निकाल्दै हारको बदला लिने अवसर बाँकी छ ।

    ‘हामी यहाँ जित्नका लागि आएका हौँ । पहिलो खेल बंगलादेशसँग बराबरी भयो,’ नेपालका मुख्य प्रशिक्षक अनन्तराज थापाले भने, ‘दोस्रो खेलमा हामी अट्याकिङ फुटबल खेल्नेछौँ ।

    केही दिनदेखि हामी यहाँ छौँ र मौसमसँग अभ्यस्त भइसकेका छौँ । आशा छ दोस्रो खेल राम्रो हुनेछ । हामी हाम्रो राम्रो दिने प्रयास गर्नेछौँ ।’ बंगलादेशले पछिल्लो समय राम्रो खेलिरहेको र साफ च्याम्पियन टिम भएकोले विपक्षीको सम्मान गर्ने थापाले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ