२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दोहोर अंकले बढ्यो नेप्से

images

  • २०८० असार ३१, आइतबार
  • 1.2K
    SHARES
  • दोहोर अंकले बढ्यो नेप्से

     असार ३१,काठमाडौं: चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ । नेप्से सूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा आएको छ । २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यस दिन विशेषगरी म्युचुअल फन्ड र डिबेञ्चरहरुको भाउ धेरै बढेको छ । ४ वटा कम्पनी तथा फन्डहरु सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन् । सूचक वृद्धि भए पनि यस दिन कारोबार रकम भने अलि सुस्त देखिएको छ ।


     अन्तिम दिन लगानीकर्तालाई बैंकलाई साँवा(ब्याजको कित्ता बुझाउने तथा अन्य प्रकारका करहरु तिर्ने चटारो हुन्छ । यस्तै, कम्पनी तथा संस्थागत लगानीकर्ता पनि यही काममा केन्द्रित भएका हुन्छ ।

    यस दिन २८६ कम्पनीको ७१ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । १९ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जी परेका छन् । 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ