२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

फोहोर व्यवस्थापनमा फेरि अवरोध

images

  • २०८० साउन १, सोमबार
  • 1.3K
    SHARES
  • फोहोर व्यवस्थापनमा फेरि अवरोध

    साउन १, काठमाडौं : नुवाकोटको बन्चरे डाँडा ल्यान्डफिल साइटमा स्थानीयले आजदेखि फोहोर फाल्नमा रोक लगाएका छन्। बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन्। स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन्।

    सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका वासिन्दाले आजदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन्। यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सयसम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

    फोहोरमैला व्यवस्थापन संघको तर्फबाट धनप्रसाद आचार्यले गाउँपालिकाको निर्णयविरुद्ध रिट दायर गरेका हुन्। सो रिटको पेशी आजलाई तोकिएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ