२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

सामान्य अंकले बढ्यो नेप्से

images

  • २०८० साउन २, मंगलबार
  • 1.6K
    SHARES
  • सामान्य अंकले बढ्यो नेप्से

    साउन २,काठमाडौं : आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक ९.९१ अंक घटेर २१५४.०७ विन्दुमा पुगेको छ। त्यसैगरी, आजसेन्सेटिभ इण्डेक्स ३.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ अंक बढेको छ।

    आज बजारमा २५५ स्टकको ५६ हजार ४७६ पटकको कारोबारमा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ८६ लाख ७६ हजार कित्ता शेयर कारोबार भएको छ।आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। आज नेप्सेमा १०१ कम्पनीको सेयरमूल्य  बढेको छ भने १०६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ।

    nepsa18.png

    नेप्से सामान्य अंक वृद्धि भएपनि आज २ कम्पनीको मूल्य सकारात्मक सर्किट लागेको छ जसमा बिपीडव्लु लघुवित्त, र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी रहेको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा सानिमा लार्ज क्याप फण्ड, र ग्लोवल आइएमई ब्यालेन्सड फण्ड १ रहेका छन्।


    स्वावलम्बन लघुवित्त वित्तीयको सर्वाधिक २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज शिवम् सिमेन्ट्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्यारेन्सको साढे १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक १.४५ प्रतिशत घटेको छ।

    nepsa188.png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ