साउन ३,काठमाडौं : बुधबार सुनको मूल्य तोलामा ६ सयले रुपैयाँ मूल्य बढेपछि पुनः उच्च रेकर्ड नजिक पुगेको छ। सुनको मूल्य तोलाको १ लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ।
सुनमा यसअघि हालसम्मकै उच्च मूल्य गत जेठ १९ मा एक लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो। आज तेजावी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो।



