२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सरकार जनताको अवस्था बदल्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

images

  • २०८० साउन ३, बुधबार
  • 891
    SHARES
  • सरकार जनताको अवस्था बदल्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    साउन ३,काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको  बताउनु भएको छ।

    बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री प्रभण्डले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने र उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने  बताउनु भयो। 

    उहाँले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तिव्रताकासाथ अघि बढाइरहेको बताउदै त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यता अनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गर्नु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ