साउन ३, काठमाडौं : आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक ११.१७ अंक बढेर २१६५.२४ विन्दुमा पुगेको छ।
आज बजारमा २६० स्टकको ५१ हजार ४४५ पटकको कारोबारमा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार रुपैयाँ बराबरको ८६ लाख ७४ हजार कित्ता शेयर कारोबार भएको छ। आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। आज नेप्सेमा ७३ कम्पनीको सेयरमूल्य बढेको छ भने १३१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ।
आज नेप्सेको वृद्धिलाई बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचकले टेवा दिएको छ। आज १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत बढेको छ। त्यसैगरी, आज बैंकिङ्ग उपसमूहको परिसूचक २.३१ प्रतिशत बढेको छ। यी २ उपसमूहका परिसूचक उच्च दरमा बढेसँगै आज नेप्से सकारात्मक भएर बन्द भएको हो। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।
नेप्से सामान्य अंक वृद्धि भएपनि आज बिपीडव्लु लघुवित्त सर्वाधिक बढेको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा एनआईबिएल एस समृद्धि फण्ड २ रहेको छ। युनाइटेड अजोड इन्स्योरेन्सको सर्वाधिक २्३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज एनआईसी एशिया बैंकको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।



