२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिसडोल–बञ्चरेडाँडावासी सँगको छलफल बिना निस्कर्ष सकियो

images

  • २०८० साउन ३, बुधबार
  • 766
    SHARES
  • सिसडोल–बञ्चरेडाँडावासी सँगको छलफल बिना निस्कर्ष सकियो

    साउन ३,काठमाडौं :ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निस्कर्ष सकिएको छ ।

    तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निस्कर्ष सकिएको हो । बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको छ ।

    बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निस्कर्ष सकिएको बताउनु भयो ।
    छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने बताउनु भयो ।

    उहाँले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीहरुले फोहोरको गाडीहरु रोकिरहेकाले स्थानीयबासीहरुको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताउनु भयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ