२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने सञ्चालन गर्नुको  अर्थ छैन  : चन्द्र भण्डारी

images

  • २०८० साउन ३, बुधबार
  • 1.4K
    SHARES
  • विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने सञ्चालन गर्नुको  अर्थ छैन  : चन्द्र भण्डारी

    साउन ३,काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको  बताउनु भएको छ।

    बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालको समयानुकुल शिक्षा नीति नहुँदा विद्यार्थीहरु विदेश पलायन भइरहेको बताउनु  भयो।

    उहाँले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनु भयो। नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको उहाँको भनाई छ।

    उहाँले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुको अर्थ नरहेको जिकिर गर्नु भयो। उहाँले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउनेलगायतका समस्या अहिले पनि विद्यमान रहेको  बताउनु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ