२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बरामद सुन परीक्षणका लागि टक्सार विभाग लगियो

images

  • २०८० साउन ४, बिहीबार
  • 996
    SHARES
  • बरामद सुन परीक्षणका लागि टक्सार विभाग लगियो

    साउन ४,काठमाडौं :बुधबार बरामद भएको झण्डै एकसय किलो सुन परीक्षणका लागि टक्सार विभागमा लगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा  बुधबार बरामद भएको सुन बिहिबार दिउँसो  परीक्षणका लागि बबरमहलस्थित बिभागमा लगिएको हो ।

    सो परिमाणको सुन गत मंगलबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट नेपाल भित्र्याइएको थियो । राजस्व अनुसन्धान विभागले परीक्षणका लागि टक्सार विभागमा लगेको हो ।

    टक्सार विभाग राष्ट्रबैंक अन्तर्गत रहेकाले सुनको परीक्षण गर्नका लागि राष्ट्र बैंकको टोली पनि विभागमा पुगेको छ । बरामद सुनको एकीन परिमाण भने टुंगो लागेको छैन । सुन प्रकरणमा एक जना भारतीय सहित ६ जना पक्राउ परेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ