साउन ५,काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको बाँडफाँड साउन ७ गते आइतबार बिहान ९ बजे हुने भएको छ। उक्त कम्पनीले असार २६ गते देखि असार २९ गते सम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो। उक्त कम्पनीको आईपीओ बाँडफाँड आइतबार बिहान ९ बजे क्यापिटलकै कार्यालय गरिने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जानकारी दिएको छ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको १ लाख २१ हजार ८ सय ६८ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो। जसमध्ये १० प्रतिशत अर्थात् १२ हजार १ सय ८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् २ हजार ४सय ३७ कित्ता कर्मचारीलाई छुट्याइएको थियो। बाँकी १ लाख १ हजार १सय ५१ कित्तामा सर्वसाधारणलाई छुट्याइएको थियो।
सिडिएसका अनुसार अन्तिम दिनसम्म ११ लाख ८ हजार २३२ जना आवेदकले १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका हुन्। मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ। गोलाप्रथाद्वारा बाँडफाँड गर्दा १० हजार १ सय १५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् र जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।



