२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

इटहरीमा ४ जना सवार मोटरसाइकल दुर्घटना

images

  • २०८० साउन ६, शनिबार
  • 1.4K
    SHARES
  • इटहरीमा ४ जना सवार मोटरसाइकल दुर्घटना

    साउन ६,काठमाडौं : शुक्रबार राति १०:४० बजे इटहरीमा ४ जना सवार मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए।

    उपचारका क्रममा १ जना गम्भीर घाइते र ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिनु भयो। सुनसरीको इटहरी नगरपालिका १७ कान्छी चोकमा ४ जना सवार मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको पिकअप भ्यानसँग ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिनु भयो।

    मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ। मृत्यु हुनेमा करण चौधरी, शम्भु चौधरी र अनिनेश चौधरी रहेको प्रहरीले जानकारी दिनु भयो। दुर्घटनामा प्रेमलाल चौधरी भने गम्भीर घाइते भएका छन् र उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ