साउन ७ काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसले दण्डहीनतालाई प्रश्रय दिन नहुने भन्दै सरकारले ल्याएको केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गर्नु भएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै कोइरालाले यस्तो माग गर्नु भएको हो । सरकारले भर्खरै ल्याएको केही ऐन संशोधन गर्न बनेको विधेयक तत्काल खारेज गर्नु पर्ने उहाँको भनाई छ ।
उहाँले नेपाली कांग्रेस लोकातान्त्रिक पार्टी भएकोले दण्डहीनतालाई प्रश्रय दिनेखालको क्रियाकलापमा कांग्रेस संलग्न हुन नहुने बताउनु भयो ।
सरकारले राजनीतिक विषयसँग सम्बन्धित घटनाहरू जुनसुकै अदालतमा भए पनि फिर्ता लिन वाधा नहुनेगरी विधेयक ल्याएको उहाँको भनाई छ ।



