२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार ६३.२४ अंकले वृद्धि

images

  • २०८० साउन ७, आइतबार
  • 821
    SHARES
  • सेयर बजार ६३.२४ अंकले वृद्धि

    साउन ७,काठमाडौं :आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको छ। यो २.९२ प्रतिशतको वृद्धि हो। साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिए।

    सबैभन्दा धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ। आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ । यसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ।

    आइतबार किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिवेर्टी इनर्जी, स्वरोजगार लघुवित्तसहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भयो। ग्लोबल आईएमई बैंक, कालिञ्चोक दर्शन, विशाल बजार कम्पनी, प्रभु बैंकसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ।

    एनआईबीए ग्रोथ फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ। नेपाल बैंक डिभेञ्चर, बीपीडब्लू लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले समेत धेरैले गुमाए । शिवम् सिमेन्ट, ज्योती विकास बैंक, ग्लोबल आईएमई बैंकसहितका धितोपत्रको धेरैले कारोबार भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ